संघीय लोकतान्त्रिक गणतन्त्रकाे विकल्प छैन : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रकाे विकल्प नभएको बताएका छन् ।

सोलुखुम्बुको नेचा सल्यानको नवनिर्मित प्रमुख प्रशासकीय भव उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।  पालिका भवन उद्घाटनका कार्यक्रममा स‌ंघीय माननीय मानवीर राई,पूर्वमन्त्री बलबहादुर केसी,पूर्व संघीय सांसद सुरवीर राईलगायतको सहभागिता थियो ।

सो क्रममा राष्ट्रपति पौडेलले नेपाली जनताले रगतसँग साटेको उपलब्धि भएको भन्दै यसको विकल्प सोच्न नसकिने बताएका छन् ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले वर्तमान व्यवस्थामा हरेक नागरिक मालिक हुन पाउने भन्दै यसको सदृढीकरणमा सबैले जोड दिनुपर्ने बताए ।

स्वतन्त्रता र शासन प्रणाली समयको माग र जनताको चाहना भएको भन्दै उनले नेपाली जनतालाई आफूले बनाएको संविधानबाहिरका कुनै पनि निरंकुशता र अराजकता स्वीकार्य नहुने बताए । ‘इतिहास साक्षी छ- १०४ वर्षीय जहानियाँ राणा शासन होस् कि ३० वर्षे पञ्चायत वा सक्रिय राजतन्त्र, नेपाली जनताले कुनै पनि निरंकुशताका नाम र अवशेषलाई रुचाएनन्,’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र हामीले त्यसै प्राप्त गरेका होइनौं । यो हजारौंको त्याग, संघर्ष र बलिदानबाट प्राप्त उपलब्धि हो ।’

प्रतिक्रिया