काठमाडौं । पूर्वगृहसचिव तथा पूर्व लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सरकार र संसदमा रहेका केही व्यक्तिहरूको मानव तस्करी तथा अन्य आपराधिक गतिविधिमा संलग्नता सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
कोशी प्रदेशका बहालवाला मन्त्री नै मानव तस्करीमा संलग्न भएपछि उनले शुक्रबार आफ्नो सामाजिक सञ्जालमार्फत् यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनको सो पोस्टमा नेपालमा कानुनी राज्यको स्वरूप क्रमशः विशेषाधिकार प्राप्त व्यक्तिहरूको ‘विशेषाधिकार राज्य’ (प्रेरोगेटिभ स्टेट) मा रूपान्तरण हुँदै गएको संकेत छ ।
उनले सो पोस्टमा भनेका छन्, “यसलाई निर्ममताका साथ नरोक्ने हो भने राज्य नै आपराधिक संगठनमा बदलिने खतरा रहेको छ।”
मैनालीले सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो स्ट्याटसमार्फत सबै नागरिकलाई सचेत रहन र राज्यका प्रमुख संस्थाहरूमा व्याप्त अपराध र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान पनि गरेका छन्।






प्रतिक्रिया