नारायणी नदीमा जलसतहले पार गर्यो सतर्कता तह, सतर्क रहन आग्रह

काठमाडौं । जल तथा माैसम विभागले नारायणी नदीमा जलसतहले सतर्कता तह पार गरेको जनाएकाे छ । विभागका अनुसार यतिखेर  देवघाट जलमापन केन्द्रमा जलसतह ७.३ मिलिमिटरभन्दा माथि पुगेको छ ।

बाढी बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासी जिल्लाको नदी तटीय क्षेत्रमा रहनेहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यसैबीच, मकवानपुर जिल्लास्थित लालबकैया खोलाले पनि जलसतह पार गरेको छ । जुरेली बजार जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो ।

बाढी बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा बस्नेलाई दिउँसो १२ बजेसम्म सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार