अर्जेन्टिना कोपा अमेरिका २०२४को फाइनलमा प्रवेश

काठमाडौं । क्यानडालाई पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाइनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा आज बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाका जुलियन अल्भारेजले पहिलो हाफको २१औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिएका थिए ।

खेलको ५१ मिनेटमा लियोनेल मेसीले गोल गर्दै अग्रता दोब्बर पारे । र, खेलको अन्तिम समयसम्म यही अग्रता कायम राख्दै अर्जेन्टिना २-० ले विजयी भयो ।

अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार