काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा वार्षिक प्रतिवेदन पेश गर्ने र व्यवस्थापन कार्यसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आ.व. २०७९ र ०८०’ पेश गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, व्यवस्थापन कार्यअन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको’शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन ।
यसैबीच प्रधानमन्त्री एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहाल प्रचण्डले’लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।






प्रतिक्रिया