रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका पौडेलले दबाब यात्रा सुरु

काठमाडौं । रिङरोड कलंकी-धोबीखोला सडकखण्ड विस्तारका लागि नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले दबाब यात्रा सुरु गरेका छन्।

उनले आज बिहान ७ बजेदेखि कलंकीबाट दबाब यात्रा  सुरु गरेका हुन्। कंलकी–स्वयम्भु–ठूलोभञ्याङ–बसपार्क-बसुन्धरा हुँदै साढे १० बजे धोबीखोला पुग्ने कार्यक्रम छ।

उनले दबाब यात्रामा सहभागी हुने काठमाडौंवासीलाई पनि अपिल गरेका थिए । उनको दबाब यात्रामा साथ दिन काठमाडौं क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसे पनि सहभागी भएका छन् ।

चक्रपथ विस्तारका लागि पौडेल र महानगर प्रमुख बालेन शाहबीच भेटवार्ता भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार