वर्षासँगै बाढीले पुर्याउने क्षति कम गर्न पानी पथान्तरण बन्द गरिएको हो । साथै मेलम्चीमा बाढी आएपछि स्थानीयहरू त्रसित बनेका छन् ।
साथै आइतबार राति आएको पानी र त्यसपछि पनि निरन्तर वर्षा भइरहेको छ । आइतबार राति वर्षापछिको बाढीले मेलम्ची नगरपालिका ११ स्थित फट्टेमा अस्थायी पुल समेत बगाएको थियो । पुल बगाएसँगै स्थानीयहरुलाई आवतजावतमा समस्या भएको छ ।
विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो ।
पुल बगाएसँगै एक वडाबाट अर्को वडामा जान असहज भएको छ ।





प्रतिक्रिया