काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै प्रदर्शन गर्ने भएको छ ।
बधुबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
प्रदर्शन काठमाडौंमा ११ जेठमा गर्ने तयारी गरेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन् ।
गृहमन्त्रीमाथि संसदीय छानबिन, गृहमन्त्रीले संसदमा कांग्रेस नेताहरुमाथि लगाएको आरोपको विरोध र सहकारी पीडितको रकम फिर्ताको विषयलाई लिएर प्रदर्शन गर्ने कांग्रेसको तयारी छ ।





प्रतिक्रिया