काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले शपथ लिएका छन् ।
आइतबार मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।
अधिकारी दोस्रोपटक मुख्यमन्त्री बनेका हुन् । यसअघि पनि मुख्यमन्त्री बनेका अधिकारी केन्द्रमा एमाले माओवादीबीचकाे गठबन्धन टुटेसँगै उनको मुख्यमन्त्री पद पनि गएको थियो ।
यस्तै भट्टले विनाविभागीय मन्त्री नियुक्ति गरेका छन् ।
भट्टले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्ति हुनेहरुमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र स्वतन्त्र सांसद दीपक मनाङे छन् ।


प्रतिक्रिया