काठमाडौं । इलाम २ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा माओवादीले एमालेका उम्मेदवार सुहाङ नेम्वाङ सघाउने भएको छ ।
माओवादीका जिल्ला संयोजक विजय खम्बु र एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएका हुन् ।
सो विज्ञप्ति इलामका सन्दर्भमा प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सुहाङलाई सघाउने समझदारी भएपछि आएको हो ।
आज उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदैछ ।


प्रतिक्रिया