काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी जहाज खरिद भ्रष्टाचार प्रकरणमा मुद्दा दायर अघि बढेपछि कांग्रेस आत्तिएको बताएका छन् ।
शुक्रबार एमाले स्याङ्जा जिल्ला अधिवेशन उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् ।
उनले नेकपा एमाले भ्रष्टाचार विरोधी अभियानको पक्षमा रहेको समेत बताए ।
सो क्रममा उनले भने, नेपाली कांग्रेसले मतिर फर्किएर धेरै पटक भनेको थियो वाइडबडीको छानबिन गर, वाइडबडीका भ्रष्टहरूलाई कारबाही गर भनेर, चर्को चर्को स्वरमा कराउँथ्यो। यो वाइडबडीको मुद्दा अघि बढ्यो के गर्यो भनेर कांग्रेस उफ्रिने उत्तेजित हुने, कराउने गर्न थालेको छ। मैले उसैलाई भनेको थिए, वाइडबडीको छानबिन गराऊ र जेलमा जाऊ भनेका थिए। अरू पनि छानबिन गराऊ जेलमा जाऊ, काँक्रो आफू चोर्ने, काँक्रोको बीउ अर्काको गालामा टाँस्ने ?
तस्वीरमा हेर्नुहोस् स्याङ्जा नवौँ अधिवेशनका तस्वीरहरु











प्रतिक्रिया