कोशीमा माओवादीको सरकार बन्न नदिनुबारे कोइरालाले गरे यस्तो खुलासा (भिडियोसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशमा माओवादी केन्द्रलाई मुख्यमन्त्री दिन आफूले नै रोकेको खुलासा गरेका छन् ।

शनिबार राजधानी काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो यस्तो खुलासा गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधनका क्रममा उनले भने,


कोशी प्रदेशलाई हामीहरुको मुख्यमन्त्री बन्नलाई तपाईंहरुले रोक्नुभयो भनेर दोष दिनुभयो । इन्डारेक्टली त्यो दोष मलाई नै थियो । मैले नै रोकेको हो । सभापतिजी लगायत पदाधिकारी प्रधानमन्त्रीजी कहाँ गएर नेपाली कांग्रेसको आफूले भनेको व्यक्ति हुन्छ भने ठीक होइन भने तपाईहरुको उम्मेदवार बनाउनुस् मुख्यमन्त्री भन्ने थियो । त्यो मलाई स्वीकार्य हुने नै भएन ।
तत्कालीन अवस्थामा सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच माओवादीले मुख्यमन्त्री लिने सहमति भएको थियो ।
उनकै प्रयत्नमा कोशी प्रदेशमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री भएका थिए ।
तर, केन्द्रको गठबन्धन जोगाउनकै लागि मुख्यमन्त्रीले माओवादीका सांसद्लाई पनि मन्त्री बनाएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो ।
यस्तै उनले चितवनको भरतपुर महानगरपालिकामा दुई कार्यकालसम्म माओवादी केन्द्रलाई मेयर पद दिँदा कांग्रेस कार्यकर्ताहरु कोही खुशी नभएको बताए ।
नेपाली कांग्रेसको एउटा कार्यकर्ता पनि गठबन्धनको विरोधमा छ । एउटा कार्यकर्ता पनि सपोर्टमा छैन । हामीले आफूले उम्मेदवार दिनुपर्ने मेयरको टिकट अर्को पार्टीलाई दियौ ।
आइन्दा नेपाली कांग्रेसले हरेक चुनाव एक्लै लड्ने उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार