एमालेसहितको बाम एकता हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसहित वामपन्थी एकतातर्फ फर्किएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘२०७४ को चुनाव अगाडि देशभक्त र वामपन्थीहरु एक भएर चुनाव लडौं भन्ने प्रस्ताव मैले नै गरेको हो।

झन्डै दुई तिहाइमा पुग्यौं पनि। तर दुर्भाग्य जसरी हामीले माओवादी पार्टीलाई एकीकृत राख्न सकेनौं, त्यसैगरी त्यो एकतालाई पनि बचाइराख्न सकेनौं,’ उनले भने, ‘तर आज हामी फेरि त्यतैतिर फर्कंदैछौं।’

प्रधानमन्त्री प्रचण्डले त्यसका लागि वातावरण बनाउन नेता कार्यकर्ताहरूलाई आग्रह पनि गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार