कांग्रेस आदिवासी जनजाति विभागमा मनोनीत हुने कोको हुन् ?

काठमाडौं । नेपाली कांग्रेसको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले दिलमान पाख्रिन नेतृत्वको आदिवासी जनजाति विभागमा १० सदस्य मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा नगेन्द्रकुमार कुमाल (इलाम,, रेशमबहादुर गुरुङ (गोरखा., आनन्दसन्तोषी राई .धनकुटा), आङपासाङ शेर्पा (दोलखा), चन्द्रकुमार आङ्दम्वे (पाँचथर) छन् ।

यसैगरी सलाम सिंह तामाङ (काभ्रेपलाञ्चोक), थममाया छन्त्याल (बाग्लुङ), रमेश जिमी ९संखुवासभा), धनबहादुर श्रेष्ठ (काठमाडौं) र कृष्ण घिसिङ (रामेछाप) आदिवासी जनजाति विभागमा मनोनीत भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार