रुसी सेनामा आबद्ध परिवारको डिएनए परीक्षण गरिँदै, रुसका नेपाली फर्काउनेबारे के भइरहेको छ ?

काठमाडौं । रुसी सेनामा आबद्ध भएका परिवारलाई डिएनए उपलब्ध गराउन अनुरोध गरेपछि उनीहरुका आफ्न्त काठमाडौं आएका छन् ।

परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागका अनुसार रुसले युक्रेनमा युद्धबन्दी बन्न पुगेका तथा बेपत्ता भएका नेपालीका परिवारका सदस्यको पनि डीएनए नमुना उपलब्ध गराइदिन भनेपछि उनीहरुका आफन्त काठमाडौं आएका हुन् ।

नेपाली राजदूतावासका अनुसार १५ जनाको शव पहिचानका लागि परिवारका सदस्यको डीएनए नमुना सङ्कलनका लागि रुसले गत मार्च १४ मा आग्रह गरेको थियो।

यसैबीच रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरूलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको दाबी गर्दै आएको छ। रुसमा ठूलो सङ्ख्यामा नेपाली नागरिकहरू सम्पर्कविहीन बनेको बताइए को छ । तर, नेपाल सरकारसँग यकिन तथ्यांक छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार