सुन काण्डमा मुछिएका कसैलाई पनि छाड्नु हुँदैन : महामन्त्री थापा

काठमाडौं । सुन काण्डमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारलाई धन्यवाद दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन काण्डमा मुछिएका कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।
महामन्त्री थापाले तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणमा कुरा नउठाएको भए सुन काण्ड फासफुस हुने उल्लेख गरे।

उनले भने,‘सुन काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्। आयोगले किटान गरेका कोही व्यक्तिलाई छोड्नु हुँदैन। यसमा सरकारलाई पूर्ण साथ रहन्छ। यसले हामीलाई एउटा कुरा सिकाएको छ। तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेले यो विषयमा कुरा नउठाएको भए आयोग नबन्ने रहेछ। आयोग नबनेको भए सुन काण्ड फासफुस हुनेरहेछ।’

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुन प्रकरणमा शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको पुष्टि भएको बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार