काठमाडौं । कांग्रेस नेता राहुल गान्धीको ‘भारत जोडो न्याय यात्रा’ समाप्त हुँदै छ ।
कांग्रेसका वरिष्ठ नेता जयराम रमेशका अनुसार गान्धिको सो यात्रा आज बेलुका साढे पाँच बजे यात्रा समाप्त हुने भएको हो ।
उनले भनेका छन्,‘राहुल गान्धी डा। अम्बेडकर मेमोरियल चैत्य भूमिमा साढे ५ः३० बजे हुनेछन्। भारत जोडो न्याय यात्रा त्यहीँ टुंगिनेछ।’
निर्वाचन आयोगले शनिबार दिउँसो ३ बजेपछि २०२४ को लोकसभा चुनावको मिति घोषणा गर्नेछ। यो घोषणा हुनासाथ भारतभर आचारसंहिता लागु हुनेछ।
राहुल गान्धीले १४ जनवरी २०२४ मा मणिपुरबाट भारत जोडो न्याय यात्रा सुरु गरेका थिए। यो यात्रा ६६ दिनसम्म चल्ने योजना बनाइएको थियो तर अहिले ६२ दिनमा पूरा हुँदैछ।
यसअघि राहुल गान्धीले सेप्टेम्बर २०२२ देखि जनवरी २०२३ सम्म कन्याकुमारीदेखि कश्मीरसम्म ‘भारत जोडो यात्रा’ निकालेका थिए।







प्रतिक्रिया