प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशनको संघारमा शीर्ष तहमा भेटघाट भएको हो । सिंहदरबारबाट बाहिरिँदै ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।

ओलीका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउनेबारे कुराकानी भएको छ ।

सरकारले बहुमतबाट विधेयक पास गर्ने भनिरहेकोबारे पत्रकारको जिज्ञासामा ओलीले टीआरसीमा एमालेको अडान कायमै रहेको बताए । उनले भने, ‘बहुमतले किन पास गर्नुपर्‍यो राम्रो बनाएर सहमतिमा पास गरे भइगो नि ।’
केहीदिनअघि कानूनमन्त्री धनराज गुरुङले प्रक्रियाबाटै भएपनि टीआरसी विधेयक टुंग्याउने बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार