काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दा दायर गरेकी पीडितको तस्बिर सामाजिक संजालमा अपलोडको आरोपमा एक जना पक्राउ परेका छन् ।
लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि पीडितको भन्दै केहि तस्वीरहरु सामाजिक संजालमा अपलोड भएपछि पीडितले केन्द्रीय साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।
प्रहरीले संखुवासभाका ३२ वर्षका केशरमान राईलाई पक्राउ गरेको हो । प्रहरीको साइबर ब्यूरोले राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसुरमा अनुसन्धान गर्न ७ दिन म्याद थप समेत गरेको छ ।
प्रहरीका अनुसार पीडितको तस्वीर सामाजिक संजालमा राख्ने अरूको समेत खोजी भइरहेको छ ।


प्रतिक्रिया