काठमाडौं । काठमाडौं महानगरपालिकाले सीपमूलक कार्यक्रमअन्तर्गत युवालाई कफी बनाउने तालिम सञ्चालन गरिरहेको छ ।
१५ दिने सो तालिम लालिम्पाटस्थित कोथिया मीठो छ रेष्टुरेन्टमा सञ्चालन भइरहेको छ ।
वडाको सक्रियतामा सञ्चालन सञ्चालित सो तालिम दिनमा २ ग्रुपमा सञ्चलन हुन्छ । तालिमका क्रममा कफी बनाउने तरिकासाँथै कफीका प्रकार, कफीको इतिहासलगायत विषयको जानकारी गराइएको छ ।
वडाले सञ्चालन गरेको १५ दिने कफी बनाउने कार्यक्रममा सहभागी प्रशिक्षार्थी बद्री महर्जनले वडाद्वारा सञ्चालित तालिम सह्रानीय भएको बताए । आउँदा दिनमा वडाले फोटोग्राफी, डिजाइनलगायत थप प्रोग्राम सञ्चालन भइदिए हुन्थ्यो भन्ने उनको चाहना छ ।
‘तालिमका क्रममा कफीबारे र कफी कति प्रकारले बनाउन सकिन्छ भन्नेबारे सिक्यौँ । सुरुमा हामीले अमेरिकानो, क्यापाचिनो, वरिस्टालगात सीप सिक्यौँ । वरिस्टाको सम्भावना देशमा मात्रै नभएर विशेमा पनि उत्तिकै छ,’ महर्जनले भने ।
यस्तै, प्रशिक्षणमा सहभागी रेखा घिमिरेले आफू चिया र कफी नखाने मान्छे भएको बताउँदै प्रशिक्षले कफीबारे धेरै कुरा सिकाएको बताइन् । यद्यपि उनले आफूलाई बनाएर अरुलाई खुवाउन खुवाउन मनपर्छ ।
उनले भनिन्, ‘मैले यसअघि त्यति कफी खाएकी थिइन् । कफीको यति धेरै प्रकारबारे यही आएर थाहा पाएँ ।’
प्रशिक्षणपश्चात् सुरुमा पार्टटाइम जब गर्ने र आफैँ व्यसाय गर्ने उनको योजना छ ।
कतिपय युवा आर्थिक अभावका कारणले पनि सीप सिक्नबाट वञ्चित भइरहेको बताउँदै उनले आगामी दिनमा वडाले आगामी दिनमा बेकरी,ब्यूटिसियनलगायत कार्यक्रम ल्याइदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।
यस्तै, अर्का प्रशिक्षार्थी मञ्जिल महर्जनले वडाको तालिमले विचार मिल्ने युवालाई सामूहिकीकरण गरेको बताए । उनले भने, ‘यो तालिमले युवालाई सामूहिकीकरण गरिदिएको छ । यो तालिम लिएपछि कफीसप नै खोल्नुपर्छ भन्ने छैन । यस तालिमले युवालाई अन्य कामका लागि पनि एकत्रित हुने हुने अवसर प्रदान गरेको छ ।’
कफीसम्बन्धी तालिममा सिकिएको वरिस्टासम्बन्धी सीपलाई स्वदेशमा मात्रै नभएर विदेशमा पनि काम लाग्ने उनको भनाइ छ । उनले भने, ‘कफी बनाउनेसम्बन्धी तालिममा सिकिएको वरिस्टा स्वदेशमा मात्रै नभई विदेशमा पनि काम लाग्छ ।’
प्रशिक्षक जयन्त रानामगरले नेपालमा वरिस्टा कफी बनाउने जनशक्तिको माग धेरै भएको बताए । प्रशिक्षार्थीहरुले तालिमपछि आफैँ स्वरोजगार बन्न सक्ने उनको भनाइ छ । उनले भने, ‘रोजगारको अवसरसमेत प्राप्त गर्न सक्नेछन् । नेपालमा वरिस्टा बनाउन जान्ने जनशक्तिको अत्यधिक माग छ ।’
स्वदेशमै युवालाई रोजगार बनाउनका लागि सीपमूलक कार्यक्रम सञ्चालन गरेको वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले जानकारी दिए । ‘वडामा रहेका युवाहरुलाई स्वरोजगार र देशमै केही गरौँ भनी वडाले कफी बनाउनेसम्बन्धी तालिम सञ्चालन गरेको हो,’ उनले भने ।




प्रतिक्रिया