काठमाडौं । नेकपा (माओवादी केन्द्र) को कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले नेकपा (एमाले) जबरजस्ती सत्ता गठबन्धनमा घुसेको बताएका छन्।
बुधबार मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा विश्वासको मत पाएपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामीले गठबन्धनको स्पिरिटअनुसार मुख्यमन्त्रीलाई निस्शर्त मत दिएका हौं। अब एमालेसँग राजनीतिक नैतिकता बाँकी छ भने गठबन्धनमा जबरजस्ती घुसेको ऊ सरकारबाट बाहिरिनु पर्छ,’ उनले भने,‘यो सरकार गठबन्धनको हो।’
मुख्यमन्त्री कार्कीले आज प्रदेश सभामा भारी बहुमत पाएका छन्। ९१ जना सांसदले मत हाल्दा ८६ जनाले कार्कीको पक्षमा मत दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले उनको विपक्षमा मत हालेका छन्।
कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्रीमा दाबी गरेका कार्कीलाई कांग्रेसका ७ र एमालेका ३९ सांसदले समर्थन गरेका थिए।







प्रतिक्रिया