नेपाल भारत विवादित क्षेत्रमा नरेन्द्र मोदीको भ्रमण ठडो अतिक्रमण : खनाल

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभाग विरुद्धको अर्को ठाडो अतिक्रमण भएको बताएका छन् ।

नेता खनालले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री मोदीको अप्रत्याशित भ्रमणले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डताको उल्लंघन भएको बताए ।

उनले भनेका छन्, ‘नेपाली जनता र भारतीय जनता सदियौं देखिका मित्र जनता हौँ । हाम्रा बीच गहिरो बहुआयामिक सम्बन्ध रहिआएको छ । तर भारतका वर्तमान शासकहरू नेपाली भूमिको सिमानामा बार–बार अतिक्रमण गर्दै आएका छन । अहिले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको अप्रत्यासित कुटी क्षेत्रको भ्रमण नेपाली भूभागका बिरुद्ध अर्को ठाडो अतिक्रमण हो ।

त्यसबाट नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको उल्लंघन भएको छ र यो अन्र्तराष्ट्रिय कानुन र मर्यादाको समेत विरुद्ध छ ।’

नेता खनालले भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो कि थिएन ? भन्दै प्रश्न समेत गरेका छन् ।

खनालले प्रश्न गरेका छन्: ‘के भारतीय प्रधानमन्त्रीको कुटी भ्रमण नेपाल सरकारलाई थाहा थियो ? के नेपाल सरकारसँग स्वीकृति लिएर त्यत्रो सशस्त्र शक्तिका साथ भारतीय प्रधानमन्त्री आएका हुन ? त्यस्तो होइन भने नेपालले राष्ट्रिय सहमतिका साथ “चुच्चे नक्सा” पास गरेको होइन ? यो नक्सा बमोजिमको नेपाली भूमिको रक्षा गर्ने जिम्मा नेपाल सरकारको होइन ? आज गठबन्धन सरकार के हेरेर बसिरहेको छ ?’

प्रतिक्रिया

सम्बन्धित समाचार