काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदबाट बाहिरएकी गौरिकुमारी यदवसँग कुराकानी गरेर अघि बढ्ने बताएका छन् ।
उद्योगमन्त्री यादवले पदबाट राजीनामा दिएसँगै सो पदमा नियुक्त भएका मन्त्री शाहले पदभार ग्रहणका क्रममा यस्तो बताएका हुन् ।नवनियुक्त मन्त्रीलाई मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायतका कर्मचारीहरूले मन्त्री साहलाई मन्त्रालयमा स्वागत गरेका थिए ।
पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मन्त्री साहले विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफुले काम सुरु गर्ने बताए ।
आम नागरिकले ग्यास पाउने/नपाउने विषयमा पत्रकारको प्रश्नमा उनले मन्त्रालयभित्र छलफल गरेर मात्र ठोस निर्णय दिने जवाफ दिए ।

प्रतिक्रिया