गोरखाको चुमनुब्रीमा बाढीले बगायो चार घर र पुल

काठमाडौं । गोरखाको  चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलाको बाढीले चार घर र एक पुल बगाएको छ ।

प्रहरीका अनुसार  आइतबार विहान आएको बाढीले चुमनुब्री ४ स्थित नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।

प्रहरीका अनुसार बाढी आएको थाहा पाएपछि स्थानीयवासीले भागेकाले मानवीय क्षति भने हुन पाएन । पुल बाढीले लगेपछि मनास्लु पदयात्रामा गएका पर्यटकहरु समस्यामा पर्ने जनाइएको छ ।

प्रतिक्रिया