तिब्बतमा रोकिए ३०० नेपाली, उद्धार गर्न माग

हिल्सा–सिमकोट सडकखण्डमा बाक्लो हिउँ जमेर आवतजावत अवरुद्ध भएपछि हुम्लाबाट चीनतर्फ गएका करिब ३०० नेपाली नागरिक तिब्बतको पुरङमा रोकिएका छन्। सडक नखुलेपछि उनीहरू घर फर्किन नसकेपछि उनीहरु चीनतर्फै रोकिन बाध्य भएका हुन् ।

पुरङमा रहेका साम चेनले अनलाइनमार्फत दिएको जानकारीअनुसार हुम्लाका विभिन्न स्थानीय तहका करिब ३०० नागरिक अहिले पुरङमा रोकिएका छन्। तीमध्ये नाम्खा गाउँपालिकाका मात्रै १५० भन्दा बढी नागरिक रहेको उनले बताएका छन्।

हिउँका कारण हिल्साबाट सिमकोटतर्फ आउने सडक बन्द भएपछि घर फर्कन नसकेको र आफूहरूलाई उद्धारको व्यवस्था गर्नुपर्ने अवस्था आएको चेनले बताएका छन्।

हुम्लाका विभिन्न पालिकाका नागरिकसँगै भारतबाट आएका केही नागरिकसमेत पुरङमा रोकिएको उनले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार