आईपीयू महासभाबाट नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव पारित

काठमाडौं । अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपतकालीन प्रस्ताव दुई तिहाइ बहुमतले पारित भएको छ ।

तान्जानियाको अरुसामा जारी महासभामा सभामुख डोलप्रसाद अर्यालले प्रस्तुत गरेको प्रस्तावको पक्षमा ९०१, विपक्षमा ७८ र तटस्थ १४० मत परेको थियो । आवश्यक दुई तिहाइभन्दा बढी मत प्राप्त गरेपछि नेपालको प्रस्ताव आपतकालीन एजेन्डाका रूपमा छनोट भएको हो ।

प्रस्तावमा जलवायु परिवर्तनका कारण हिमालय, हिमनदी र हिमतालमा बढ्दो जोखिम, विपद् जोखिम न्यूनीकरण, सीमापार पूर्वसूचना प्रणाली, प्रविधिमा पहुँच तथा जलवायु वित्तको विषय उठाइएको छ ।

सभामुख अर्यालले जलवायु न्याय र विपद्बाट प्रभावित नागरिकको संरक्षणका लागि विश्वका संसद्बीच सहकार्य र संसदीय जलवायु कूटनीति प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपालको प्रस्तावमाथि महासभामा आज छलफल हुनेछ ।

प्रतिक्रिया