काठमाडौंमा नेचासल्यानको एकीकृत सेवा प्रवाह सुरु, भोलिसम्म चल्ने

काठमाडौं । नेचासल्यान गाउँपालिकाले काठमाडौंस्थित सुकेधारमा काठमडौंलगायत विभिन्न जिल्लामा बसोबास गर्दै आएका नागरिक लक्षित एकीकृत सेवा प्रवाह शिविर २०८३ सञ्चालन गरेको छ ।

आजबाट सुरु भएको एकीकृत सेवा प्रवाह भोलि अर्थात् १५ गतेसम्म सञ्चालन हुनेछ । यद्पि भोलिसम्म सेवा प्रवाहका लागि समय अपुग भए पर्सी अर्थात् १६ गते पनि विहानसम्म सेवा प्रवाह कायम रहने पालिका अध्यक्ष धनजन राईले बताए ।

कार्यक्रम उद्घाटन सत्रलाई संबोधन गर्दै संविधानसभा सदस्य बलबहादुर केसी र प्रतिनिधिसभा सदस्य प्रकाशसिंह कार्कीले पालिकाले विभिन्न कारण काठमाडौंमा बसोबास गरिरहनुभएका नागरिक लक्षित  सेवा प्रवाह गरेकोमा धन्यवाद प्रकट गरे ।

सो क्रममा बलबहादुर केसीले शिविरमा आफू पनि सेवाग्राही नै बनेर आएको बताए । बलबहादुर केसी नेचासल्यान २ का स्थायी बासिन्दा हुन् ।

कार्कीले  यसरी सोलुबाट काठमाडौं आइ सेवा प्रवाह गर्दा पालिकाको करिब पाँच लाख खर्च भए पनि नागरिकको करिब ३० लाख बचत हुने बताए ।

यस्तै, पालिका अध्यक्ष धनजन राईले नागरिकलक्षित सेवा प्रवाहका लागि पालिकाले काठमाडौंमा सेवा प्रवाह गरेको बताए । यद्यपि यस्ता कार्यक्रमबाट आमनागरिक लाभान्वित हुने भए पनि पालिकाका जनप्रतिनिधि तथा कर्मचारीप्रति नकारात्मक टिप्पणी हुने गरेको स्मरण गरे ।

कार्यक्रमको उद्घाटन् प्रतिनिधिसभा सदस्य प्रकाससिंह कार्कीले गरेका थिए भने स्वागत मन्तव्य पालिका उपाध्यक्ष बिना राईले गरेकी थिइन् । कार्यक्रम सञ्चालन पालिकाका कार्यकारी अधिकृत टंकनाथ घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार