नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने, सार्वजनिक बिदा दिने सरकारको निर्णय 

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  मंगलवार बसेको आकस्मिक बैठकले राजकीय सम्मानका साथ उनको अन्त्येष्टि गर्दै सोही दिन सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।

छोराहरू विदेशबाट आइसकेपछि जुन दिन अन्त्येष्टि हुन्छ त्यसै दिन सार्वजनिक बिदा दिइने निर्णय भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बताए ।

सरकारले नेम्वाङको निधनमा एक दिन बिदा पनि दिने निर्णय गरेको छ । अन्त्येष्टिका दिन सो बिदा दिइने छ । छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने छ । त्यसअघि नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङको गएराति निधन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार