जी–२० दिल्ली घोषणपत्रमा सदस्य राष्ट्रको देखिएन एकै किसिमको भावभंगी

काठमाडौं । जी–२० को दिल्ली घोषणापत्रमा सर्वसम्मतिले युक्रेनमा जारी युद्ध उल्लेख गरिएको छ तर रुसको आलोचना गरिएको छैन। भारतको राजधानीमा आइतवार दिउसो औपचारिक रूपमा सम्पन्न सम्मेलनको संयुक्त घोषणापत्रमा युक्रेन युद्धबारे सात वटा अनुच्छेद रहे तापनि एक ठाउँमा पनि रुसको नाम उल्लेख छैन।

युक्रेनले त्यसबारे प्रतिक्रिया दिँदै ुरुसको युद्धको बयानमा गर्व गर्ने कुनै कुरा नरहेकोु जनाएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणापत्रलाई ऐतिहासिक भनेका छन् र सर्वसम्मतिले पारित हुनुलाई उपलब्धि बताएका छन्। नयाँ दिल्लीमा सम्पन्न जी–२० शिखर सम्मेलनमा युक्रेन युद्धबारे छलफल हुने सम्भावना रहेको बताइएको थियो।

र जारी युक्रेन युद्धका विषयमा मतभेदका कारण संयुक्त वक्तव्य जारी गर्न चुनौती हुन सक्ने अनुमान गरिएको थियो।

तर शनिवार जारी विज्ञप्तिमा ुआक्रमण र भूमि कब्जा गर्न बल प्रयोगु को आलोचना गरिएको छ तर सीधा तरिकाले रुसको नाम लिइएको छैन।

उक्त घोषणापत्रबारे प्रतिक्रिया दिने क्रममा युक्रेनको विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले एक विज्ञप्तिमार्फत भनेका छन्ः पूर्ण पाठमा कडा शब्दहरू समावेश गर्ने साझेदार देशहरूप्रति युक्रेन कृतज्ञ छ। तर त्यस बखत, युक्रेनविरुद्ध रुसको आक्रामकताको सन्दर्भमा, जी(२० समूहले गर्व गर्ने कुनै पनि काम गरेको छैन।’

निकोलेन्कोले सामाजिक सञ्जाल एक्समा रातो रङ्गमा सम्पादन गरिएको घोषणापत्रको तस्बिर पनि साझा गरे। जहाँ उनले ‘युक्रेनमा जारी युद्ध’ लाई ‘युक्रेन विरुद्धको युद्ध’ बनाए र त्यसमा रुसको सन्दर्भ थपे।

घोषणापत्रमा भनिएको छस् युक्रेनमा जारी युद्धको सन्दर्भमा सबै राष्ट्रले संयुक्त राष्ट्रसङ्घको सिद्धान्त र उद्देश्यलाई ध्यानमा राखी कदम चाल्नुपर्छ ।

निकोलेन्कोले आफ्नो पदमा ुसबै राष्ट्रहरूु परिवर्तन गरी त्यसलाई ुरुसु बनाएका छन्। घोषणापत्रमा आणविक आक्रमणको चेतावनी समेत उल्लेख गरिएको छ । तर रुसको नाम भने लिइएको छैन ।

निकोलेन्कोले आफ्नो पोस्ट यहाँ पनि सम्पादन गरेर रुस लेखेका छन्। युक्रेनले जारी यस युद्धलाई रुसी आक्रमणको रूपमा हेर्छ भने रुसले त्यसलाई युक्रेनमा आफ्नो विशेष सैन्य कारबाहीका रूपमा व्याख्या गर्छ।

सम्मेलनका क्रममा बाइडन र मोदीबीच दिल्लीमा द्विपक्षीय वार्ता समेत भएको थियो । युक्रेन युद्धमा अमेरिका लगायत कैयौँ पश्चिमा देशहरूले युक्रेनलाई खुलेर सहयोग गर्नुका साथै हतियार समेत उपलब्ध गराउँदै आएका छन्। त्यस्तो अवस्थामा घोषणापत्रमा रुसको नाम नहुनुलाई पनि रुसको जितका रूपमा हेरिएको छ । तर, अमेरिका र ब्रिटेनले जी–२० घोषणापत्रको प्रशंसा गरेका छन्। अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले यस घोषणापत्रमा धेरै मुद्दाहरू समाधान गर्ने सहमतिलाई ुमहत्त्वपूर्ण कोसे ढुङ्गाु बताएका छन्।

यस क्रममा ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकले युक्रेन युद्धका सम्बन्धमा संयुक्त वक्तव्यमा निकै कडा भाषा प्रयोग गरिएको बताएका छन्। तपाईँले घोषणापत्रमा धेरै कडा भाषा देख्नुहुनेछ जसले खाद्य मूल्य र खाद्य सुरक्षामा युद्धको प्रभावलाई मुख्य रूपमा प्रस्तुत गर्छ, सुनकले भने।

गत वर्ष इन्डोनेशियाको बालीमा भएको जी–२० सम्मेलनमा राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी भएका थिएनन्। यस पटक उनी दिल्ली समेत आएनन् ।
ऋषि सुनकले युक्रेन युद्धका सम्बन्धमा संयुक्त वक्तव्यमा निकै कडा भाषा प्रयोग गरिएको बताएका छन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हरेक जी–२० सम्मेलनमा भाग लिएका छन्। तर उनी समेत भारत आएनन्। चीनको तर्फबाट प्रधानमन्त्री ली चियाङ सहभागी भए।

बाली घोषणापत्रमा रुसको नाम उल्लेख गरिएको थियो र संयुक्त राष्ट्रसङ्घको प्रस्तावको सन्दर्भ उल्लेख गर्दै ुयुक्रेनविरुद्धको रुसी आक्रमणको कडा शब्दमाु आलोचना गरिएको थियो। उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आ(आफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए। त्यसबेला रुससहितको पक्षले युक्रेनको परिस्थिति र अन्तर्राष्ट्रिय प्रतिबन्धहरूबारे फरक विश्लेषण उल्लेख गरेको थियो।

भारतले युक्रेनलाई जी(२० सम्मेलनमा अतिथि देशको रूपमा निम्तो दिएको छैन।

ूयो स्पष्ट छ कि युक्रेनको सहभागिताले (बैठकमा) सहभागी देशहरूलाई अवस्था राम्रोसँग बुझाउन सक्ने थियो,ू निकोलेन्कोले भने।

नयाँ दिल्लीमा जारी घोषणापत्रलाई भारतको कूटनीतिको सफलताका रूपमा पनि हेरिएको छ किनभने भारत निकै जटिल मुद्दामा सहमति निर्माण गर्न सफल भएको छ। युक्रेन युद्धको मुद्दामा पश्चिमी देशहरूले नरम शैली अपनाएको रूपमा यसलाई पनि हेरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यस स्थितिमा पुग्नका लागि भारतीय नेता र कूटनीतिज्ञहरूले धेरै जटिल भेटघाट र लामो वार्ता गर्दै सबै देशहरूलाई विश्वस्त पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार