राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदलाई भोलि अभिमुखीकरण प्रशिक्षण दिँदै छ। दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रम ग्वार्कोको होटल रोयल दुलिपमा हुने महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए।
प्रशिक्षणमा आउने सांसदहरूलाई रास्वपाले ६ निर्देशन जारी गरेको छ।
पार्टीले सबै सांसदहरूको खाना र आवास सुनिश्चित, कार्यक्रम हलमा मोबाइल फोन प्रयोग निषेध, कार्यक्रममा स्थलमा अन्य व्यक्ति वा पाहुनाको प्रवेश निषेध गरेको छ।
सांसदहरूले कार्यक्रम स्थलमा परिवार सदस्य वा अन्य व्यक्तिसँग भेटघाट, फोटो खिच्ने वा बैठक नगर्न निर्देशन दिएको छ।







प्रतिक्रिया