डीपी अर्यालको चाहना कुन पदमा ?

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना सकिएको छ। प्रत्यक्षतर्फ १६५ सिटकै परिणाम घोषणा भइसकेको छ ।

जितसँगै सरकार र अन्य क्षेत्रमा हुने पदको बाँडफाँडमा बहस समेत सुरु भएको छ ।

बहस सुरु हुँदै गर्दा पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्रीको रुपमा उभ्याइएका बालेन शाहले भने त्यसलाई नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । उनीहरुले निर्वाचनको पूर्ण रुपले मत परिणाम आउन नभ्याई पद बाँडफाँडको विषयमा धेरै ध्यान नदिन भनिएको छ ।

यहि विषयलाई लिएर रास्वपाका नेता असिम शाहले सामाजिक संजालमै बालेन शाह र रवि लामिछानेको आशय राखिदिएका छन् । उनले सामाजिक संजालमा लेखेका छन्, ‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ, जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैं छनोट गरेर बनाउनुहुनेछ, उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ ।’

उनको लेखाइले पनि धेरै विषयहरु बोलेका छन् । रास्वपा भित्र धेरै सांसदहरु मन्त्रीको चाहना राखिरहेका छन् । विषेगरि दोस्रो पटक निर्वाचन जित्नेहरुले मन्त्रीको आशा गरिरहेको देखिन्छ । जुन विषयमा अहिले बालेन शाह र रवि लामिछानेबीच समेत छलफल भैरहेको बुझिएको छ ।

बालेन शाह पछि पदको लागि सबैभन्दा प्राथमिकतामा उपाध्यक्ष डीपी अयार्ललाई राखिएको छ । अर्यालले पार्टीको कार्यवाहकको जिम्मेवारी लिएका तथा पार्टी निर्माणमा समेत भूमिका खेलेको भन्दै उनलाई प्राथमिकतामा राखिएको हो ।

तर उनले मन्त्री भन्दा पनि सभामुख पदको लागि तिव्र चाहना राखेका छन् । गृह मन्त्रालयको प्रमुख दावेदार र उपप्रधानमन्त्री समेत पाउनसक्ने अवस्थामा उनले सभामुखको चाहना राखेको पाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार