गगनले संबोधन गर्ने सभामा गएनन पूर्णबहादुर

काठमाडौं । नेपाली कांग्रेसको कर्णाली प्रदेशस्तरीय चुनावी सभामा पूर्वकार्यबहाक सभापति पूर्णबहादुर सहभागी भएका छैनन् । कांग्रेसका सभापति गगन थापाले सम्बोधन गर्ने यो सभामा खड्का सहभागी छैनन् । गगनको नेतृत्वमा विशेष महाधिवेशन हुँदा खड्का कार्यवाहक सभापति थिए ।

निर्वाचन आयोगले पनि गगन नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि खड्का सर्वोच्च अदालतसम्म पुगेका थिए । सर्वोच्चले पनि तत्कालीन सभापति शेरबहादुर देउवाको पक्षमा फैसला नदिएपछि उनी चुनावी अभियानमा हिँडेका छैनन् ।

आफ्नै गृह प्रदेशमा भएको चुनावी सभामा आज पनि देखिएनन् । कार्यक्रमलाई सभापति थापासहित उपसभापति पुष्पा भुसाल, नेताहरू हृदयराम थानी, ललिजङ्ग शाहीलगायत सहभागी छन् ।

प्रदेशका उपसभापति विष्णुबहादुर पूर्णबहादुरका आफ्नै भाइ हुन् । उनी सुर्खेत-१ बाट उम्मेदवार बनेका छन् ।

सभालाई सम्बोधन गर्दै खड्काले कर्णालीमा पार्टी एक ढिक्का भएको चुनावी मैदानमा होमिएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार