सोलुमा पनि पुग्यो मतपत्र

काठमाडौं । सोलुखुम्बु जिल्लामा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र पुगेको छ ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी कुल १ लाख ८९ हजार मतपत्र जिल्लामा आइपुगेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय सोलुखुम्बुका अनुसार प्रत्यक्षतर्फ ९२ हजार र समानुपातिकतर्फ ९७ हजार मतपत्र जिल्ला पुर्याइएको हो ।

मतपत्र सुरक्षित रूपमा राखिएको र आवश्यक तयारीका साथ सम्बन्धित स्थानीय तहमा ढुवानी गर्ने प्रक्रिया अघि बढाइने बताइएको छ। जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार सोलुखुम्बु जिल्लामा मतदाताको संख्या ८५ हजार ५ सय १५ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार