काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णाली प्रदेशको प्राकृतिक, सांस्कृतिक र आर्थिक सम्भावनालाई स्थापित गरिने बताएका छन् । बिहीबार (फागुन ७) सुर्खेतमा आयोजित पार्टीको ‘परिवर्तन उद्घोषसभा’मा उनले यस्तो बताएका हुन् ।
उनले मुगुको रारातालको उदाहरण दिँदै कर्णालीको गहिराइ र सम्भावनालाई आफ्नो पार्टीले गहिरो रूपमा बुझेको बताए । “रारातालजत्तिकै गहिरो कर्णालीको भावना र सम्भावना छ, त्यो गहिराइलाई रास्वपाले मनदेखि बुझेको छ,” उनले भने ।
रास्वपाले कर्णालीका स्थानीय उत्पादनलाई देशभर चिनाउने, यहाँको सभ्यता र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले उल्लेख गरे ।







प्रतिक्रिया