भोट नदिए पनि हुन्छ, काम दिनूस् : बालेन

काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सभालाई सम्बोधनका क्रममा सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने बताए ।

‘सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्‍यो । रास्वपा यहाँ भोट माग्न आएको होइन । काम माग्न आएको हो, काम दिनुस् है ?’, बालेनले भने ।

आफूहरूलाई भोट नदिए पनि सुदूरपश्चिम भने बनाउने उनले बताए ।

‘तपाईंहरूले भोट दिनुभएन भने पनि रास्वपाले सुदूरपश्चिम बनाउँछ । हाम्रा उम्मेदवारलाई हाम्रो कामको लिस्ट दिनुस् । भोट नदिए पनि हुन्छ, काम दिनुस्,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार