झापा ५ मा एमालेसँग गठबन्धन गर्ने सहमति छैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस झापा–५ कार्यसमितिले कुनै पार्टीसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको भन्दै त्यस्ता भ्रामक र कपोलकल्पित हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेको प्रति पार्टीको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।
‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट बताएका छन् । ‘कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफबाहको पछि नलाग्न अनुरोध छ,’ विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमरिया पौड्याललाई विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एक जुट हुन आह्वान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार