काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट संघीय सांसद पदका लागि ऋषिधन राई मैदानमा उत्रिएका छन् ।
आसन्न फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट राई संघीय सांसदका लागि मैदानमा उत्रिएका हुन् ।
राईले उम्मेद्वारी दर्ता गर्नुअघि नेपाली कांग्रेसका नेता आङ्गेलु शेर्पाको नाम चर्चामा आएको थियो । उनी टिकटका लागि रास्वपा कार्यालय पनि पुगेको खबरहरु सार्वजनिक भएका थिए ।


प्रतिक्रिया