काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन्द्र शाह (बालेन) सोलुखुम्बु जाने भएका छन् ।
शाह आगामी फागुन ९ गते जिल्लाको सदरमुकाम सल्लेरी जाने भएका हुन् । सल्लेरीमा उनले आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
रास्वपाले सोलुखुम्बुबाट ऋषिधन राईलाई उम्मेदवारका रूपमा अघि सारेको छ ।
वरिष्ठ नेता शाह हाल देशका विभिन्न जिल्लामा पुग्दै मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल र संवादमा छन् ।







प्रतिक्रिया