यस वर्ष तीन दिन संविधान दिवस मनाइने

काठमाडौं । सरकारले यस वर्ष तीन दिन संविधान दिवस मनाउने भएको छ ।

आईतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले सो निर्णय गरेको हो ।

उनका अनुसार बैठकले असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोहकासाथ संविधान दिवस मनाउने कार्यक्रम तय गरेको छ । असोज २ गते स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु हुने र ३ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने कार्यक्रम तय भएका छन् ।

सरकारका अनुसार असोज २,३ र ४ गते ३ दिनसम्म विभिन्न समारोह गर्ने संविधान दिवस मुल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतमा बसेको बैठकले निर्णय गरेको छ ।

२ गते विभिन्न कार्यक्रम जस्तो स्मारिक प्रकाशन, संवाद, परिसंवाद, अन्तरक्रिया कार्यक्रमहरु गर्ने, ३ गते भव्य, वृहत कार्यक्रम, सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्ने, देशभर पनि वृहत कार्यक्रम गर्ने र विदेशस्थित राजदुतावासहरु,कुटनीतिक नियोगमा पनि यो दिवस मनाउने, तीन दिन नै बेलुका दीपावली गरेर संविधान दिवस मनाउने निर्णय सरकारले गरेको छ ।

सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म साँझमा दीप प्रज्वलन निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार