पार्टी फुटाउन दिँदैनौँ : महामन्त्रीद्वय

काठमाडौं । विशेष महाधिवेशनले पार्टी विभाजनमा जाने भन्दै समन्वयमा जुटेका नेपाली कांग्रेसका ‘२५ भाइ’ले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटवार्ता गरेका छन् ।

उनीहरूले महामन्त्रीद्वयलाई भेटेर हस्ताक्षरकर्ता र त्यसका पक्षमा रहनेहरूले मात्र विशेष महाधिवेशन गर्दा पार्टी विभाजनमा जाने भन्दै पार्टी जोगाउन आग्रह गरेका हुन् । त्यस्तो आग्रहको जवाफमा महामन्त्रीद्वयल कुनै पनि हालतमा पार्टी फुट्न नदिने प्रतिबद्धता जनाएको भेटमा सहभागीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार