काठमाडौं । जेएनजी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग राखेका छन् ।
उनीहरुले बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको उदाहरण दिँदै भदौ २२ र २३ गते भएको जेएनजीको आन्दोलन संलग्न साथीको हत्या गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही हुनुपर्ने उनीहरुको माग छ ।
युवाको आन्दोलन थाम्न नसकी भारतमा शरण लिइरहेकी शेख हसिनालाई केही दिनअघि मात्रै बंगलादेशको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
जेएनजी युवा समूहले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाशले जेएनजी आन्दोलनको म्यान्डेटअनुसार काम गर्न नसकेको आरोप लगाउँदै आएका छन् ।





प्रतिक्रिया