काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी सोलुखुम्बुको संयोजकमा वियस राई चयन भएका छन् ।
नेचासल्यान गाउँपालिकाका राई जिल्ला सदरमुकाम सल्लेरीमा आयोजित भेलाबाट संयोजक पदमा चयन भएका हुन् ।
राई यसअघि नेचा सल्यान गाउँपालिकाका नेकाप माओवादी केन्द्रका अध्यक्ष थिए । साहित्यमा कलम चलाउने राई सरकारी जागिर छाडी आफ्नै स्थानीय तहमा व्यवसाय गर्दै आएका छन् ।
उनको संयोजकत्वमा ३३ सदस्सीय जिल्ला समिति गठन गरिएको छ ।



प्रतिक्रिया