फागुन २१ गते हुने निर्वाचनमा भाग लिने नेपाली कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मुलुकमा उत्पन्न विषम राजनीतिक परिस्थितिका बीच आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ ।

शनिबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै वर्तमान राजनीतिको निकास निर्वाचन नै भएको निष्कर्ष निकालेको हो ।
गत भदौमा जेनजी पुस्ताका युवाहरूको आन्दोलनका क्रममा भएको हिंसात्मक घटना, संसद विघटन र अन्तरिम सरकार गठनपछि उत्पन्न परिस्थितिबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कांग्रेसले संविधानको रक्षा र आन्दोलनका जायज आवाजलाई संस्थागत गर्न चुनावमा जानुको विकल्प नभएको ठहर गरेको छ ।

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिवलाई दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार