काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिकामा रहन सुझाव दिएका छन् ।
बिहीबार बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीलाई पार्टीको सक्रिय राजनीतिबाट बिदा लिएर अभिभावकीय भूमिकामा रहन सुझाव दिँदै आफूले पार्टी हाँक्ने बताएका हुन् ।
‘तपाईं पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिनुस् । म अब पार्टी हाँक्छु, तपाईँले नमाने म महाधिवेशनमा प्रतिस्पर्धा गर्छु ’,बैठकमा पोखरेलले राखेको धारणा उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘तपाईंका पछिल्ला कार्यशैली, व्यवहार, दृष्टिकोण र निर्णय ठिक छैनन् । जनताले रुचाएका पनि छैनन् ।’






प्रतिक्रिया