काठमाडौं । मधेस सरकारबाट कांग्रेसले आफ्नो समर्थन फिर्ता लिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए ।
‘अब औपचारिकरुपमा आजै प्रदेश प्रमुखलाई पत्र पठाएर हामी सरकारबाट बाहिरिनेछौँ,’ उनले भने । कांग्रेसका मन्त्रीहरूलाई आजै फिर्ता बोलाउने तयारी भइरहेको उनले बताए ।




प्रतिक्रिया