प्रधानमन्त्री कार्की र मोदीबीच टेलीफोन वार्ता

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

यो जानकारी मोदी आफैंले एक्समार्फत् दिएका हुन् ।

‘नेपालको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग आत्मीय कुराकानी भयो । हालैको दुस्खद घटनामा ज्यान गुमाउनेप्रति हार्दिक समवेदना व्यक्त गरेँ,’ । शान्ति तथा स्थिरता कायम गर्न उहाँले गरिरहेको प्रयासप्रति भारतको अटल समर्थन पुन: व्यक्त गरेँ,’ उनले लेखेका छन् ।

यसअघि सुशीला कार्की प्रधानमन्त्री बनेलगत्तै मोदीले बधाई दिइसकेका थिए । आज भने टेलिफोन वार्ता भएको हो । कुराकानी आत्मीय भएको मोदीले उल्लेख गरेका छन् ।

उनले असोज ३ गतेको नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना समेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार