उर्जामन्त्रीको पदभार ग्रहणमा देखिएनन् हितेन्द्र

काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिचाइमन्त्री कुलमान घिसिङले पदभार ग्रहण समारोहमा उर्जा मन्त्रालयका कार्यकारी निर्देशक हितेन्द्र शाक्य उपस्थित भएनन् ।

मन्त्रालयमा सचिव, सहसचिवहरू, मन्त्रालयका अधिकारी तथा मातहतका निकायका अधिकारी र पत्रकार उपस्थित सो कार्यक्रममा हितेन्द्र भने अनुपस्थित रहेका हुन् ।

तर, उनको खोजी भइरहेको थियो ।तर, उनी कार्यक्रममा देखिएनन् । प्राधिकरणका अन्य कर्मचारीहरु भने सहभागी थिए ।

विगतका सरकारहरुले प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति गर्दा सुरूमा शाक्यलाई हटाएर घिसिङलाई नियुक्त गर्ने, पछि घिसिङलाई हटाएर शाक्यलाई बनाउने गरेको थियो । त्यही भएर शाक्य पदभार ग्रहणमा नआएका हुन् कि भन्ने धेरैको चासो थियो ।

तर, शाक्य हाल देशबाहिर रहेकाले कार्यक्रममा उपस्थित नभएको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

नेपालमा जेनजीको आन्दोलन हुनुअघि नै शाक्य शुरुमा फ्रान्स र उतैबाट दक्षिण कोरिया भ्रमणमा गएको प्राधिकरण स्रोतले जनाएको छ । ‘फ्रान्समा पम्प स्टोरेजसम्बन्धी एक कार्यक्रममा सहभागी हुन जानुभएको थियो । त्यसलगत्तै कोरियामा पनि जलविद्युतसम्बन्धी एक कार्यक्रममा वक्ताका रुपमा जानुपर्ने भएपछि भ्रमण स्वीकृत गराएर जानुभएको थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘उहाँ बिहीबार फर्कनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार