काठमाडौं । जेन-जी आन्दोलनका कारण बन्द रहेका काठमाडौं उपत्यकाका विद्यालयहरु क्रमशः सञ्चालन हुन थालेका छन् ।
सोमबारबाट काठमाडौं उपत्यकाका विद्यालयहरू सुचारू हुन थालेका हुन् । जेन-जी आन्दोलनले त्रस्त विद्यालयहरु केही दिनका लागि बन्द गरिएको थियो ।
जेन-जी आन्दोलनमा सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायत सरकारी निकायहरू जलेर ध्वस्त भएका थिए । यहीक्रममा कतिपय विद्यालयहरूमा समेत आगजनी भएको थियो ।
यही पृष्ठभूमिमा विद्यालयहरूले केही दिनका लागि पठनपाठन बन्द गरेका थिए ।


प्रतिक्रिया