गोकर्णेश्वर नपाको विकट वडा नं. १ लाई लक्षित नि:शुल्क एम्बुलेन्स सुरु

काठमाडौं ।  गोकर्णेश्वर नगरपालिकाको वडा नं १ लाई लक्षित गरी निशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ । भाैगोलिक रुपमा विकट ओख्रेनी र मुलखर्कका बासिन्दालाई लक्षित गरी नि:शुल्क एम्बुलेन्स सेवा संचालन भएको हो ।

मंगलबार आयोजित एक समारोहका बिच नगरप्रमुख दिपक रिसालले वडाअध्यक्ष द्वारिका श्रेष्ठलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुहुदैँ, “गोकर्णेश्वर नगरपालिकाको विकट क्षेत्र मानिने र राष्ट्रिय निकुञ्ज भित्रको वस्ति भएकोले यातायात लगायत स्वास्थ्य सुविधाको दृष्टिले पनि सहज पहुँच नभएका ओख्रेनी र मुलखर्कका बासिन्दाहरुलाई लक्षित निःशुल्क सेवा दिने गरि मंगलबारदेखि एम्बुलेन्स हस्तान्तरण गरिएको उहाँले बताउनुभयो ।”

उहाँले, ‘त्यस क्षेत्रका स्थानीय बिरामी पर्दा वा गर्भवती महिलालाई मानिसले बोकेर तथा वैकल्पिक यातायातका साधनहरु मार्फत् मध्य राति अस्पताल लानु पर्ने बाध्यता भएकोले एम्बुलेन्स हस्तान्तरण गरिएको नगर प्रमुख दिपक रिसालले बताउनुभयो ।’

कार्यक्रममा नगर उप-प्रमुख सान्नानी लामा, प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौली, गोनपा वडा १ का वडाअध्यक्ष द्वारिकालाल श्रेष्ठ सहित वडा सदस्य, पूर्व वडाअध्यक्ष राम मानन्धर लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

गोकर्णेश्वर नगरपालिकाको भूभागमध्ये ६७ प्रतिशतभन्दा वडा नम्बर १ मा पर्छ । वडा कार्यालयबाट मूलखर्क पुग्न ३ किलोमिटर, ओख्रेनीसम्म पुग्न ७ किलोमिटर र देउराली पुग्न ११ किलोमिटर पार गर्नुपर्छ । भूगोलका हिसाबले यो वडा नुवाकोट र सिन्धुपाल्चोकसँग जोडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार