काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आइतबार प्रतिनिधि सभाबाट साउन ६ गते विश्वासको मत लिने भएका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री ओलीले एक साताभित्रै विश्वासको मत लिन लागेका हुन् ।
संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मतका लागि समय पाउने भए पनि विश्वासको मत लिनेसम्बन्धी औपचारिक पत्र प्रधानमन्त्रीका तर्फबाट बुधबार संसद् सचिवालयमा पुगिसकेको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले साउन ६ गते विश्वासको मतको कार्यसूचीको आग्रहसहित पत्र प्राप्त भएको जानकारी दिए । “साउन ६ गते विश्वासको मतको प्रयोजनका लागि कार्यसूची अघि बढाइदिन पत्र प्राप्त भएको छ,” गिरीले भने ।
कांग्रेस र एमालेसहित वर्तमान सरकारमा जनता समाजवादी पार्टी पनि सरकारमा सामेल छ । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि
सरकारमा सहभागी छ । सरकारमा सामेल दलमध्ये कांग्रेसका ८८ सदस्य छन् भने एमालेका ७८ सदस्य छन् । जसमध्ये सांसद टोपबहादुर रायमाझी
निलम्बनमा छन् । मताधिकार प्राप्त सङ्ख्या ७७ मात्र छ ।
सरकारमा सहभागी जसपाका सात र लोसपाका चार सदस्य छन् ।


प्रतिक्रिया